दफा ३३
प्रमाणपत्र रद्द गर्न सक्ने
(१) नियन्त्रक वा प्रमाणीकरण गर्ने निकायले देहायका अवस्थामा प्रमाणपत्र रद्द गर्न सक्नेछ ः–
(क) प्रमाणपत्र प्राप्त गर्ने ग्राहक वा त्यस्तो ग्राहकको तर्पmबाट अख्तियारी पाएको व्यक्तिले सो प्रमाणपत्र रद्द गरी पाउनको लागि अनुरोध गरेमा,
(ख) तोकिए बमोजिम सार्वजनिक हित विपरीत हुने अवस्थामा प्रमाणपत्रलाई रद्द गर्न आवश्यक भएमा,
(ग) ग्राहकको मृत्यु भएमा,
(घ) ग्राहक कुनै कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो सङ्गठित संस्था वा कम्पनी प्रचलित कानून बमोजिम दामासाहीमा परेमा, खारेजी वा विघटन भएमा,
(ङ) प्रमाणपत्र जारी गर्दा पूरा गर्नु पर्ने कुनै शर्त पूरा नभएको प्रमाणित भएमा,
(च) प्रमाणपत्रमा स्पष्ट पारिएको कुनै आधारभूत तथ्य झुट्टा प्रमाणित भएमा,
(छ) प्रमाणपत्रको विश्वसनीयतामा तात्विक रुपमा असर पर्ने गरी जोडी साँचो सृजना गर्न प्रयोग गरिएको साँचो वा सुरक्षण प्रणालीमा फेरबदल वा काँटछाँट गरिएमा ।
(२) प्रमाणपत्र रद्द गर्दा नियन्त्रक वा प्रमाणीकरण गर्ने निकायले पालना गर्नु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।